Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । नेपाली म्याराडोना उपनामले परिचित फुटबल खेलाडी मणि शाहको अन्त्येष्टि गरिएको छ । शाहको पशुपति आर्यघाटमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको हो ।

लामो समयदेखि कलेजोको समस्याबाट पीडित शाहको सोमबार साँझ नर्भिक अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो । शाहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार बिहान दशरथ रंगशालामा राखिएको थियो ।

शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न राजनीतिज्ञ, खेलाडी, खेल पदाधिकारी एवम खेलप्रेमीहरु रंगशाला पुगेका थिए ।

शाह नेपाली फुटबलमा चर्चित मिड्फिल्डर र फर्वाड थिए । सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले स्वर्ण जित्दा मणिको योगदान अतुलनीय थियो । फाइनल खेलको अन्तिम समयमा भारतविरुद्ध गोल गर्दै खेल पेनाल्टीमा पुर्याएका थिए । पेनाल्टीमा उत्कृष्ट गोल गर्दै मणिले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.