![]()
एजेन्सी,जेठ ।
इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो ।
आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो । दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए । तर सो आक्रमणबाट प्रहरी मुख्यालयमा ठूलो क्षति भने हुन पाएन । त्यसमा परी आत्मघाती हमलाकारी नै मारिएका छन् । विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । त्यहाँका प्रहरी प्रमुखले भनेका छन्– आक्रमणमा आएका चार जना आत्मघाती नै मारिएका छन् र प्रहरी अधिकारीसहित १० जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी अधिकारीहरु छन् ।
प्रहरीले ती आत्मघाती आक्रमणकारीको परिचय खुलाएको छैन । उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ । उनीहरुले रमादान पर्वको शुरुवातलाई लक्षित गरेर बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ ।


