Breaking News.... EverestOnlineKhabar
July 7, 2026

अमेरिकाका १८ राज्यद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर….?

Loading

एजेन्सी,बैशाख ।
अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट (कार कम्पनीहरु) का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राज्यहरुले जलवायु परिवर्तनसँग जुध्न पूर्व राष्ट्रपति बाराक ओबामाको प्रयास निरुत्साहित गर्न लागु गर्न लागिएको नयाँ नियमविरुद्ध पनि अमेरिकामा कानूनी लडाई शुरु भएको छ । ट्रम्प प्रशासन ओबामाको जलवायु परिवर्तनसँग सम्बन्धित प्रयासहरुलाई विफल तुल्याउन लागेको आरोप लगाइएको छ ।
अप्रिलमा पर्यावरण संरक्षण एजेन्सी (ईपीए) का एडमिनिस्ट्रेटर स्काट प्रइटले ओबामाको शासनकालका नियमहरुमाथि फेरी समीक्षा गरिने बताएका थिए । जसको उदेश्य २०२५ सम्म ५० मील प्रति ग्यालनको क्षमतासम्म स्वच्छ ग्याससँग सम्बन्धित आवश्यकताहरुको बृद्धि गर्नु हो । त्यसले कार्बन उत्सर्जन कम गर्ने भएकाले यस्तो नियम ओबामा सरकारले लागू गरेको थियो ।
प्रुइटको एजेन्सीले उक्त मानक‘पुरानो जानकारीमा आधारित’ रहेको र नयाँ आंकडाले‘यि मानक अत्यन्तै कठोर हुन सक्ने’ देखाएको जनाएको छ । तर मुद्दा दायर गर्ने राज्यहरुले ईपीएले ग्रिनहाउस ग्यास नियमहरुमा मनमानी ढंगले परिवर्तन गरिएको दावी गरेका छन् ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउन (डी) ले अदालतमा दायर गरिएको रीटमा भनेका छन्ः‘राज्यहरुको समूह ग्यासलाई बढावा दिने र बिषालु वायु प्रदूषण रोक्नका लागि राष्ट्रको स्वच्छ कार मानकलाई रक्षा गर्नेछ ।’ ट्रम्प प्रशासनले ओबामा प्रशासनमा तय गरिएको क्लीन कार रुल को स्ट्याण्डर्डमा परिवर्तन गरेर सन् २०२१ सम्म फेडरल स्ट्याण्डर्ड तय गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.