Breaking News.... EverestOnlineKhabar
July 7, 2026

यातायात व्यवस्था विभाग आक्रामकःगाडी नचलाउनेको आजै रूट पर्मिट खारेज गर्ने चेतावनी

Loading

काठमाडौ,बैशाख ।
यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गरिने चेतावनी दिएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए। उनले भनेः‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं, सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ।’
विभागले यसअघि नै गाडी नचलाए एक दिनमै पर्मिट खारेज गर्ने र नयाँलाई एकै दिनमा पर्मिट दिने निर्णय गरेको थियो।
विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए। उनले भनेः‘उहाँहरूले पर्मिट खारेज गरेपछि के गर्ने हामी छलफल गर्छौं ।’
यसअघि गृह मन्त्रालयले गाडी नचलाए जफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो। सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन्। सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात बन्द गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.