Breaking News.... EverestOnlineKhabar
July 7, 2026

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनःअन्नपूर्ण पदमार्ग ३ दिन बन्द हुने

Loading

काठमाडौ,बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन गर्ने तय भएसंगै मुक्तिनाथ मन्दिर जानका लागि प्रयोग हुने बाटो अन्नपूर्ण पदमार्ग ३ दिनका लागि बन्द गरिने भएको छ। मोदी भ्रमणको पूर्वसन्ध्यामा मुक्तिनाथ मन्दिरको सरसफाइको काम अघि बढेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिरिष पौडेलले भनेः‘हेलिकोप्टर ल्यान्ड गर्नका लागि हामीले ठाउँ बनाइसकेका छौं। मनाङको थोरङ्ला भञ्ज्याङबाट पनि मुक्तिनाथ आउनेको संख्या उल्लेख्य हुने भएकाले उक्त बाटो ३ दिनका लागि बन्द गर्ने निर्णय गरेका छौं,भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आउनुभन्दा ३ दिनअघिदेखि नै बाटो बन्द हुनेछ।’
३ दिनअघि नै पदमार्ग बन्द हुने भएकाले उक्त मार्ग हुँदै यात्रा गरिरहेका पदयात्रीलाई मनाङको चामे वा मनाङ गाउँमै रोक्ने तयारी स्थानीय प्रशासनले गरेको छ। साथै, मुक्तिनाथ मन्दिरमा मोदीले दर्शन गर्ने दिन अर्थात् वैशाख २८ शुक्रबार कसैलाई पनि दर्शन गर्न नदिने तयारी भएको छ।
शुक्रबार जनकपुर ओर्लिने भारतीय प्रधानमन्त्री मोदी दुईवटा हेलिकोप्टरको स्कर्टिङसहित मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म जानेछन् र त्यहाँ पूजा गरिसकेपछि काठमाडौं फर्किने तालिका छ। भारतको पटनासम्म विशेष विमान र त्यहाँबाट नेपाली राजधानी काठमाडौंसम्म सोही हेलिकोप्टरबाट यात्रा गर्ने प्रारम्भिक खाका बनेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.