Breaking News.... EverestOnlineKhabar
July 7, 2026

सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गाडी चलाएनन्,यात्रुको बिचल्ली

Loading

काठमाडौ,बैशाख ।
यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने सरकारी निर्णयविरूद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले शुक्रबार गाडी चलाएका छैनन्। सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी नचलाए पछि यात्रुहरू विचल्लीमा परेका छन्। गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य छन्। खासगरी कक्षा ११ र १२ को परीक्षा दिइरहेका विद्यार्थी र बिरामी बढी मारमा परेको देखिन्छ। परीक्षा केन्द्र टाढा परेका विद्यार्थीले यातायात नचल्दा आफूहरूलाई समस्या भएको गुनासो गरे। केहिले निजी सवारी साधनमा लिफ्ट मागेर काम चलाएका थिए । यातायातका साधन नचल्दा सडक सुनसान छन्। शुक्रबारदेखि यातायात बन्द हुने यसअघि नै उनीहरूले घोषणा गरेका थिए।
लामो रुटका सवारी साधन बिहीबारदेखिनै चलेका छैनन्। यता सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार देशैभरि रूट फ्री गरेको छ। शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने बताएको छ। यता सरकारलाई सिन्डिकेटको विपक्षमा रहेका धेरै व्यवसायीले समेत साथ दिएका छन्। उनीहरुले विभिन्न रुटमा सवारिसाधान चलाउने जानकारी गराइसकेका छन्। जसअनुसार राधजानीमा अहिले साझा, मयुर यातायातलगायतका केही व्यवसायीहरूले आफ्नो सेवा निरन्तरता दिएका छन्।
महासंघले चक्काजामको निर्णय गरेपनि कम्पनीका नामबाट संचालित सवारीसाधनले भने आफ्नो सेवालाई निरन्तरता दिने भएका छन्। सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका निर्णय गरेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्। यो निर्णयको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २१ गते चक्काजाम, २७ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गरेको छ। समितिमा आबद्ध व्यवसायीहरुले बिहीबार मध्यान्हदेखि नै टिकट काउन्टर बन्द गरेका छन्।
यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्। विभागका निर्देशक तिर्थराज खनालले आवश्यक परेको खण्डमा संचालन हुने सवारीसाधनमा हतियारसहितका सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने प्रतिवद्धता जनाउँदै निर्वाध रुपमा सवारी साधन संचालन गर्न आग्रह गरे। महासंघप्रति असन्तुष्ट समितीहरुसँग पनि कुरा चलिरहेको र उनीहरुले पनि गाडी चलाउन सक्ने विभागका महानिर्देशक भट्टराइले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.