Breaking News.... EverestOnlineKhabar
July 7, 2026

कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढाउने प्रस्तावको विपक्षमा प्रधानमन्त्री ओली…..

Loading

काठमाडौ,बैशाख ।
स्थानीय तहका प्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालय पढाउने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भर्ना अभियानबारे जानकारी गराउँदै पोखरेलले नगरका मेयर–उपमेयरदेखि गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने आवाज उठेको ध्यानाकर्षण गराएका थिए। शिक्षामन्त्री पोखरेलले सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउँदा गुणस्तर बढ्ने धारणा राखेका थिए।
सामुदायिक विद्यालयको व्यापक सुधार गर्न सरकारले सोच्नुपर्नेमा आफूले मन्त्रिपरिषदकै ध्यानाकर्षण गरेको पोखरेलले जनाए । तर, उनले औपचारिक प्रस्ताव भने नलगेको बताए । उनले भनेः‘जसरी संसदमा शुन्य समयमा ध्यानाकर्षण गराइन्छ त्यस्तै ध्यानाकर्षण गराएको हो,प्रधानमन्त्रीले मान्नु भएन भन्ने होइन। यसमा उहाँले सुन्नुभयो भन्नुपर्छ।’
पोखरेलले विभिन्न संघ संस्थालाई सामाजिक उत्तारदायीत्व अन्तर्गत दिवाखाजा र विद्यालय भर्ना अभियानमा सहभागि गराउनुपर्ने धारणा बैठकमा राखेका थिए। पोखरेलको ध्यानाकर्षण प्रस्तावमा प्रधानमन्त्रीले ओलीले कर्मचारी र स्थानीय जनप्रतिनिधिका बच्चालाई सार्वजनिक विद्यालयमै पठाउ भन्न अहिले हतारो हुने उनीहरुमाथि अन्याय हुन सक्ने जवाफ दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.