Breaking News.... EverestOnlineKhabar
April 29, 2026

आइपिएल क्रिकेटः बैंग्लोरलाई लाग्यो ठुलो झड्का

Loading

बैंग्लोर,१५ बैशाख ।
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । चिन्नास्वामी रंगशालमा भएको खेलमा गुजरातले रोयल च्यालेन्सर्ज बैंग्लोरलाई ७ विकेटले हराएको हो । बैंग्लोरले प्रस्तुत गरेको १३५ रनको लक्ष्य गुजरातले १३ दशमलव ५ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । गुजरातका लागि आरोन फिन्चले ७२, कप्तान सुरेश रैनाले नटआउट ३४ तथा इसान किशनले १६ रन बनाए । बैंग्लोरका सामुएल बाड्रीले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । उसका लागि पवन नेगीले ३२, केदार जाधवले ३१ तथा कप्तान विराट कोहलीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुजरातका एन्ड्रयु टयीले तीन तथा रविन्द्र जडेजाले दुई विकेट लिए ।
८ खेलमा तेस्रो जित निकालेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ । ९ खेलमा दुई खेल मात्रै जितेका बैंग्लोर ५ अंकसहित सातौं स्थानमा छ । यो हारले बैंग्लोरको शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सपनामा गम्भीर धक्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed