Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारवाहीमा

Loading

एजेन्सी,१५ बैशाख ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।
ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेका छन् । यस्तै मेक्सिकोको एसोसिएसनले ७ हजार ७ सय ८१ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेको छ ।
समर्थकले भेदभाव तथा असहयोगी व्यवहार र समलिङ्गीको भावनामा ठेस पुग्ने खालको हुटिङ् गरेकाले जरिवाना तिराइएको फिफाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed