Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी ।  उत्तर कोरियाले अपहरण गरेको दक्षिण कोरियाली अभिनेत्री चोई इयुन–हीको निधन भएको छ । उत्तर कोरियाले कुनै बेला अपहरण गरेर राज्यका लागि चलचित्र बनाउन बाध्य बनाइएकी चोईको ९१ वर्षको उमेरमा निधन भएको बताइएको छ । चोईको दक्षिण कोरियास्थित एक अस्पतालमा  निधन भएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाका तत्कालीन शासक किम जोङ–इलले सन् १९७० को दशकमा चोईलाई अपहरण गर्न आदेश दिनुपूर्व उनी दक्षिण कोरियाकी चर्चित अभिनेत्री थिइन् । उनका पूर्वपती प्रख्यात चलचित्र निर्देशक जो उनी अपहरणमा परेको केही महिनापछि उत्तर कोरियाकै अपहरणमा परेका थिए उनी भने त्यहााँट केही समयपछि भाग्न सफल भएका थिए । उत्तर कोरियाले भने चोई दम्पतिले आफ्नो देशमा शरण लिएको भन्दै उनीहरुलाई अपहरण गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ।

उत्तर कोरियाको अपहरणमा परेका चोई र उनका तत्कालीन पति सिन साङ–ओके त्यसपछि दक्षिण कोरियाको अत्याधिक चर्चित निर्देशक तथा कलाकार बनेका थिए । सन् १९७० को दशकमा चोई दम्पत्तिले सम्बन्ध विच्छेद गरेपछि भने चोईको फिल्म करियर ओरालो लागेको थियो । करियर ओरालो लागेकै बेला चोईसामु एक जना हङकङ व्यापारीका रूपमा आएका मानिसले चलचित्र बनाउने एउटा कम्पनी खोल्ने र त्यसले उनको फिल्म करियरको भाग्यलाई चम्काउन सक्ने प्रस्ताव अगाडि सारे।

‘किम जोङ–इल प्रोडक्सन’ पुस्तकका अनुसार उनलाई हङकङ जानका लागि मनाइएको थियो । उनी हङकङमै रहेका बेला एक पटक पुरुषको समूहले उनीमाथि गम्भीर रूपमा धरपकड गरेको थियो । धरपकडमा परेको आठ दिनपछि उनी उत्तर कोरियाको राजधानी प्योङयाङस्थित एउटा सुविधासम्पन्न भिल्लामा निरन्तर सुरक्षा घेराभित्र भेटिएकी थिइन् । सम्बन्ध विच्छेद गरिएको भएपनि सिन र उनकी पूर्वपत्नी चोईबीच नजिकको सम्बन्ध रहेको थियो । हङकङमा रहँदा सिन पूर्वपत्नी चोईलाई भेट्न गएका थिए । उनी पनि पछि उत्तर कोरियाको अपहरणमा परेका थिए।

किम जोङ–इल चलचित्रप्रति अत्यन्तै आकर्षित थिए र हलिउड चलचित्र हेर्न सौखिन थिए । चोई दम्पत्ति उत्तर कोरियामा बसे आफ्नो देशको चलचित्रले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्ने उनको विश्वास रहेको थियो । उत्तर कोरियामा बसेको आठ वर्षपछि चोई दम्पत्तिले आठ वर्षपछि विश्वास जितेसँगै उनीहरुलाई आफ्ना चलचित्रका प्रचार गर्ने अस्ट्रियाको भियना जान दिइएको थियो । भियनामा रहँदा दम्पत्तिले त्यहाँस्थित अमेरिकी दूतावासमा राजनीतिक शरण लिए र त्यसको केही वर्षपछि उनीहरुले दक्षिण कोरिया फर्के । निर्देशक तथा अभिनेत्री चोईका पति सिनको भने सन् २००६ मै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.