![]()
एजेन्सी । भारतीय चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीर मुम्बइ ल्याएपछि मंगलबार अन्तिम संस्कार गरिने भएको छ ।
चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो । अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिब शरीर मुम्बइ ल्याउन ढिलाइ भएको छ ।
सोमबार साँझसम्म उनको पार्थिव शरीर मुम्बइ ल्याइएपनि अन्तिम संस्कार भने मंगलबार मात्र गरिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
श्रीदेवीको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् । उनको निधनमा भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् ।
चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षकी थिईन् ।


