![]()
एजेन्सी । चिनिया दुरसञ्चार तथा फोन उत्पादक कम्पनी हुवावेले पहिलो व्यवसायिक फाइभजी चिपसेट सार्वजनिक गरेको छ।
‘बेलोङ ५जी०१’ मोडलको सो मोडेम हुवावेले स्पेनको बार्सिलोनामा जारी मोबाइल कम्पनीहरुको कुम्भ मेला भनिने ‘मोबाइल वर्ल्ड कांग्रेस २०१८’ मा सार्वजनिक गरेको हो। हुवावे यस चिपसेट मोबाइल डिभाइसलाई फाइभजी नेटवर्कसँग जोड्न मद्धत गर्न अपरिहार्य हुने दाबी गरेको छ।
यस चिपसेट सबै गिगाहर्ज र मिलिमिटर वेभ स्पेक्ट्रम ब्याण्ड गरी दुई वटा मोडलमा यसैवर्ष्भित्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस चिपसेटले थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (थ्रीजीपीपी) ले तय गरेको मापदण्डमा रहेर सब६ गिगाहर्ज वा मिलिमिटर वेभ स्पेक्ट्रम ब्याण्ड मार्फत २.३ जीबीपिएस स्पिड प्रदान गर्नेछ जसमार्फत हालको एक सय एमबिपिएस फाइबर स्पिडभन्दा २० गुणा तिब्र गतिमा इन्टरनेटको मजा लिन सकिन्छ।
बार्सिलोनामा जारी कार्यक्रममा हुवावेसँगै टेक कम्पनी इन्टेलले समेत पहिलो फाइभजी न्यु रेडियो (५जी एनआर) सार्वजनिक गर्ने बताइसकेको छ।


