![]()
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साबिकको बिजेता चेल्सीलाई पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २ –१ ले हराएको हो ।
युनाइटेडको जितमा रोमेरो लुकाकु र जेसे लिंगार्डले समान एक एक गोल गरे । चेल्सीका विलियनले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यो जितसँगै लिगको दोस्रो स्थानको युनाइटेडले २८ खेलबाट ५९ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सीटीभन्दा १३ अंकले पछि छ । एक खेल खेलेको सीटीको ७२ अंक छ । तेस्रो स्थानको लिभरपुलको २८ खेलबाट ५७ अंक छ । पराजित चेल्सी ५३ अंक जोडेर पाँचौ स्थानमा छ ।


