Breaking News.... EverestOnlineKhabar
June 29, 2026

Loading

काठमाडौं । नेपाल भारत प्रबुद्ध समूहका भारततर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन्।

सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै कोशियारीले प्रधानमन्त्री केपी ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भारतका मित्र भएको बताउँदै आगामी दिनमा दुइ देशिय सम्बन्ध थप सुदृढ हुने बताएका हुन ।

उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्द्रीत हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आतुर छ, यहाँ स्थायित्व कायम होस, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयाँ सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस्।’

साक्षात्कारमा बोल्दै उनले आगामी दिनमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए।

उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरू हुनुहुन्छ उहाँहरू सबैको भारतसँग राम्रो सम्बन्ध छ। जहाँसम्म पब्लिकको भारतसँगको सम्बन्धको कुरा छ। उहाँहरूको त झनै अटुट सम्बन्ध छ। म सोच्छु कि दूधमा यदि चिनी मिलाइयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न। यस्तै, भारत र नेपालको सम्बन्ध छ। अहिले नेपालमा नयाँ सरकार बनेको छ । जनताको यो सरकारसँग धेरै ठूलो अपेक्षा छ।’

कोशियारीले नेपाल बसाईको क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.