Breaking News.... EverestOnlineKhabar
June 29, 2026

फ्रेन्च लिग फुटबलमा पीएसजी बिजयी, स्ट्राइकर नेयमार घाइते

Loading

एजेन्सी । फ्रेन्च लिग फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पीएसजीले मार्सेलीलाई ३–० ले हराएको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक एक गोल गरे । पिएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

मार्सेलीविरुद्ध जित निकाल्ने क्रममा पिएसजीका स्टार स्ट्राइकर नेयमार भने घाइते भएका छन् । खेलको दौरान खुट्टाको एन्कलमा समस्या देखिएपछि नेयमार स्ट्रेचरको सहायतामा मैदानबाट बाहिरिएका थिए । खेलको ८० औं मिनेटमा नेयमारले मैदान छाडेका हुन् ।
यो जितसँगै लिग लिडर पिएसजीले २७ खेलबाट ७१ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको मोनाको भन्दा १४ अंकले पछि छ । मोनाकोको ५७ अंक छ । मार्सेली ५५ अंक जोडेर तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.