![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेललाई नियुक्त गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह( ३, झापाका खरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । खरेल वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ ।
२०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेलले केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्री हुनुहुन्थ्यो ।
फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै महान्यायाधिक्ता वसन्तराम भण्डारीले राजीनामा दिनुभएको थियो ।


