Breaking News.... EverestOnlineKhabar
July 4, 2026

Loading

नेपालगंज । आगामी बर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक गरेको हो । नेपालगन्जमा आयोजित एक कार्यक्रमका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ । शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी ८ वटा पातहरु आफ्नो चुच्चोमा बोकेको छ ।

यस्तै लोगोमा शान्तिका अग्रदूत गौतम बुद्धका दुई खाँखाले सबैमा शान्ति र स्थिरताको कामना गरिएको छ। लोगोमा राखिएको गेटले बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिनिधित्व गरेको छ । परेवाका सप्तरंगी ७ प्वाँखले संघीय नेपालको सातवटा प्रदेशलाई इंगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed