Breaking News.... EverestOnlineKhabar
July 3, 2026

पूर्वाधार र राखेपका कारण १३औं साग प्रभावित हुँदैन : सदस्य सचिव बिष्ट

Loading

काश्की । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा हुने दाबी गर्दै कुनै आशंका नगर्न आग्रह गरेका छन ।

खेलकुद पत्रकार मञ्च कास्कीले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव विष्टले पूर्वाधार वा राखेपका कारण साग नसर्ने स्पष्ट पारेका हुन । सरकारले बजेट दिएन, ओलम्पिक कमिटीले प्रक्रिया पूरा गरेन भने साग प्रभावित हुन सक्ने उनले बताए ।

विष्टले पोखरामा महिला फुटबल, पुरुष तथा महिला भलिबल, आर्चरी, ट्रायथोलन, ब्याडमिन्टन र बक्सिङका खेलहरु खेलाउने तयारी गरिएको जानकारी दिए । उनले खाली जग्गा कब्जा गर्न खेलकुदसम्बन्धी संस्थाहरुलाई निर्देशन पनि दिए ।

सदस्य सचिव विष्टले पोखरालाई खेलकुदको राजधानी र इटहरी र दाङको तुलसीपुरलाई खेलकुदको सहर बनाउने बताए । त्यसका लागि तयारी तिब्र पारिएको उनको दाबी छ । अत्यधुनिक पोखरा रंगशाला निर्माणका लागि पुनः टेण्डर गरिने बताउँदै उनले पहिले टेण्डर भरेका ६ वटा कम्पनीमध्ये एउटाले मात्र मापदण्ड पूरा गरेकाले पुनः १५ दिनको म्याद दिएर टेण्डर आहृवान गर्न लागेको जानकारी दिए ।

पोखरामा बन्ने रंगशाला २० हजार दर्शक अटाउने नेपालकै सबैभन्दा ठूलो र राम्रो तथा अन्र्तराष्ट्रिय स्तरको बन्ने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed