![]()
काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने दाबी गरेका छन ।
आईतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री भए लगत्तै ओली भारत भ्रमणमा नगइ मोदी नै नेपाल आउने दाबी गरेका हुन । ओली र मोदीबीचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोहीअनुसार मोदी नेपाल आउने उनले बताए ।
नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको समेत जिकीर गरे ।
स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको धारणा राखे ।
फरक प्रसङ्गमा नेता ज्ञवालीले फागुन महिनाभित्रमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्ने दाबी गरे । पछिल्लो समय पार्टी एकता हुँदैन भनेर गरिएको प्रचारप्रति आक्रोषित देखिएका ज्ञवालीले एकता नचाहनेले गलत हल्ला चलाएको आरोप लगाए ।


