Breaking News.... EverestOnlineKhabar
July 4, 2026

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा रुसी सैन्य विमान खसालियो

Loading

एजेन्सी,माघ ।
सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो । विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ ।
विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको बताइएको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ ।
गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् ।
२४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed