Breaking News.... EverestOnlineKhabar
April 29, 2026

राष्ट्रपति भारत जाँदा / अाउँदा सोमबार र शुक्रबार सार्वजनिक बिदा

Loading

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार राष्ट्रपति भण्डारीको औपचारिक राजकीय भ्रमणमा ३४ जनाको भ्रमण दल रहनेछ ।

राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भारत भ्रमण पूरा गरी आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले यसअघि पनि राष्ट्रप्रमुखबाट हुने मित्रराष्ट्रको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed