Breaking News.... EverestOnlineKhabar
July 4, 2026

रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवा

Loading

एजेन्सी,माघ ।
रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवा गर्ने अदालतको फैसलप्रति अन्तराष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसका २८ खेलाडीमाथि लगाइएको आजिवन प्रतिबन्ध फुकुवा गरेको थियो ।
अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीहरु विरुद्धको प्रमाण पर्याप्त नभएको भन्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको निर्णय उल्टाईदिएको हो । यसैप्रति लक्षित गर्दै आईओसीका एक बेलायती सदस्य एडम पेन्गीलीले कासको निर्णय विश्व खेलकुदका लागि लाजमर्दो भएको प्रतिक्रिया दिएका हुन् ।
यो प्रकरणमा अन्तराष्ट्रिय अदालत सही निर्णय गर्नबाट चुकेको उनको आरोप छ । सन् २०१४ मा रुसको सोचीमा भएको शितकालिन ओलम्पिकमा रुसी खेलाडीहरुले राज्यदारा प्रायोजित डोपिङ लिएको भन्दै आईओसीले ४३ खेलाडीमाथि आजिवन प्रतिबन्ध लगाएको थियो । ती ४३ मध्येका २८ खेलाडीको प्रतिबन्ध अदालतले उल्टाएको हो । अदालतले प्रतिबन्ध फुकुवा गरेपनि आईओसीले यी खेलाडीहरुलाई अर्को साता दक्षिण कोरीयाको प्योङचाङमा हुने शितकालिन ओलम्पिकमा सहभागि हुन नदिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed