Breaking News.... EverestOnlineKhabar
July 4, 2026

भारतीय विदेशमन्त्री स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गर्दै

Loading

काठमाडौ,माघ ।
नेपालको दुईदिने राजनीतिक भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछिन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग बिहान ९ बजे होटल सोल्टीमा भेटवार्ता हुनेछ भने राष्ट्रपति भण्डारीसँग साढे ११ बजे शितलनिवासमा र प्रधानमन्त्री देउवासँग साढे १२ बजे बालुवाटारमा भेटवार्ता हुने तयारी छ ।
यसअघि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान र एमालेका नेताहरुसँग सामूहिक भेटवार्ता भएको थियो । भेटमा स्वराजले वाम विजयका लागि बधाई दिएकी थिइन् । उनले नयाँ बन्ने सरकारसँग मिलेर काम गर्न चाहेको धारणा एमालेका नेताहरुसँग राखेकी स्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed