![]()
काठमाडौ,माघ ।
नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो । करिब १ घण्टा भएको वान टु वान वार्तापछि एमालेका अन्य नेताहरुको सामूहिक भेट भएको थियो । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली र स्वराजबीच वान टु वान वार्ता भएको थियो । वान टु वान वार्तामा स्वराजले ओलीलाई भनिन्ः‘सँगै मिलेर काम गरौं’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्ला –एक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्याएकी थिइन् ।
‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ स्रातको दावी छ, स्वराजले भनिन्ः‘तपाईंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’
आकस्मिक राजनीतिक भ्रमणमा काठमाडौं ओर्लेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकास नै भारतको चाहना रहेको भनेर व्यक्त गरेकी छन् ।


