![]()
काठमाडौं । गत बिहीबार दरबारमार्गस्थित एक होटलमा सामुहिक बलात्कारमा परेकी भनिएकी युवतीले सहमतिमै आफूले प्रेमीसंग शारीरिक सम्पर्क राखेको बयान दिएकी छिन । सुरुमा आफैले सामुहिक बलात्कारमा परेको उजुरी दिएकी ती युवतीले एक हप्तापछि बयान फेर्दै आफूले प्रेमीसँग ‘सहमतिमै शारीरिक सम्पर्क’ राखेको बयान दिएकी छिन् ।
स्रोतका अनुसार उनले शैलेश कार्की आफ्नो प्रेमी रहेको र उनीसँगको सम्बन्ध सहमतिमै रहेको बयान दिएकी हुन् । आफूमाथि सामुहिक वलात्कार भएको र त्यसमा प्रहरीले मेलमिलाप गर्न दवाव दिएको भन्दै यसअघि उनले उजुरी दिएकी थिइन ।
वलात्कार घटनामा मेलमिलाप गर्न दवाव दिएको वताएपछि घटनाको छानबिन गर्न काठमाडौं प्रहरी परिसरले समिति गठन गरेको थियो ।


