![]()
धादिङ । धादिङको गजुरीमा बोल्न नसक्ने अपाङ्गता भएकी एक १४ वर्षीया बालिकालाई ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरी ती बृद्ध फरार भएको प्रहरीले जनाएको छ ।
बलात्कारी बृद्ध हाफपाइन्ट र सर्टमात्रै लाएर फरार भएको र उनको सम्भावित ठाउँमा खोजि भैरहेको प्रहरीले जनाएको छ । आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ ।
घटना गत २२ असोजको भएपनि अहिले मात्र सार्वजनिक भएको हो । बलात्कारीलाई भाग्दै गरेको पीडित बालिकाका बुवाले देखेपनि केही गर्न सकेका थिएनन ।
प्रहरीले जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाएपनि अहिलेसम्म पीडक फेला पर्न सकेका छैनन् ।


