Breaking News.... EverestOnlineKhabar
May 4, 2026

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : ढुंगा लागेर चिनियाँ इन्जिनियरको मृत्यु

Loading

दोलखा ।दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उनको मृत्यु भएको हो।

इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको थियो । आयोजनामा उनले ग्राउण्डिङ सर्किटको काम गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed