![]()
एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई फ्रि–किक गोलमा पछि पारेका छन् ।
मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत एलाभेससँगको खेलमा बार्सिलोनालार्य २–१ ले जिताउने क्रममा ८४ औँ मिनेटमा फ्रि–किक मार्फत गोल गरेका थिए । यो गोलसंगै उनले रोनाल्डोलाई पछि पारेका हुन ।
रोनाल्डोले ला लिगामा २० पटक फ्रि–किक गोल गरेका छन् । मेस्सीले यो सिजन ला २१ औँ फ्रि–किक गोल गर्दै रोनाल्डोको नाममा भएको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।


