Breaking News.... EverestOnlineKhabar
June 27, 2026

गायिका आशा भोस्लेलाई ‘यश चोपडा मेमोरियल नेशनल अवार्ड’

Loading

एजेन्सी । बलिउड गायिका आशा भोस्ले यश चोपडा मेमोरियल नेशनल अवार्डले सम्मानित हुने भएकी छन्। रेडि फाउन्डेशनले प्रदान गर्न लागेको उक्त अवार्डमा उनले भारतीय १० लाख प्राप्त गर्ने भएकी छिन्।

आशाले ७ दशकसम्म हिन्दी फिल्ममा योगदान दिएकी छन्। ११ हजार गीत र २० भाषामा गीत गाएकी आशाले गिनिज वर्ल्ड रेकर्डमा कीर्तिमान समेत राखेकी छिन्।  फाउन्डेशनले भनेको छ, ‘आशा भोस्ले भारतीय सिनेमाकी एक प्रसिद्ध प्लेब्याक गायिका हन, जसले करीब एक हजार बलिउड फिल्ममा गीत भरेकी छन्।’

सन् २०१२ मा दिवंगत भएका यश चोपडाको सम्झनामा यो अवार्ड प्रदान गरिँदै आएको छ। यो अवार्ड जित्ने आशा पाचौं विजेता हुन्। यसअघि, गायिका लता मंगेस्कर, अमिताब बच्चन, रेखा र शाहरुख खानले उक्त अवार्ड प्राप्त गरिसकेका छन्।

अवार्ड फेब्रुअरी १६ मा प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.