Breaking News.... EverestOnlineKhabar
May 4, 2026

भ्रष्टाचार प्रमाणित नभएपछि साउदी राजकुमार थुनामुक्त

Loading

बिबिसि । भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन् । गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले सुरू गरेको भ्रष्टाचारीहरूको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएका हुन्।

अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका छन । केही हप्तायतादेखि उनीहरूमाथिका अभियोगको छानबिन गरी कतिपयलाई थुनामुक्त गरिएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल एक हुन ।

राजकुमार तलालाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो। पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ। उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारवाही सुरू गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताएका छन्।

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य वर्गका व्यक्तिहरूमा पर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed