Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सुदूरपश्चिम खप्तड गोल्डकपःउपाधिका लागि आर्मी र एपिएफ भिड्दै

Loading

धनगढी,माघ ।
सशस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिको लागि आज भिड्दैछन् । आइतबार भएको दोश्रो सेमिफाइनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफले आज उपाधिका लागि अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्दैछ ।
आइतबार धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदूरपश्चिम ११ ले विभागीय टोली एपिएफलाई निकै दवावमा राखेको थियो । पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाए पनि सुदूरपश्चिमले गोल गर्न नसकेपछि एपिएफले दोश्रो हाफमा २ गोल गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।
एपिएफका लागि पहिलो गोल अन्जन विष्टले ५६ औ मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको १९ औँ मिनेटमा एपिएफकै नविन लामाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । दोश्रो गोल गरेका लामाले खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed