Breaking News.... EverestOnlineKhabar
April 28, 2026

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंहकाठमाडौँ,

Loading

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ वर्ष २०७४ का अवसरमा किङ कम स्पोर्टस क्लब परिवारले आज भिमसेनगोलामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले संविधानलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पनि निर्वाचन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेता सिंहले नेपालको आगामी कार्यदिशासमेत निर्वाचनले कोर्ने हुँदा दलहरुबीच एकता गरी निर्वाचनमा जानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “निर्वाचनका लागि दलहरु मिलेर जान नसके देश ठूलो दुर्घटनामा फस्नसक्छ ।”

 

पूर्व उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि खुटा नकमाउन सरकारसँग आग्रह समेत गर्नुभयो । उहाँले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेको भन्दै यसका लागि नेतृत्व

जिम्मेवार बन्नुपर्ने बताउनुभयो । रासस

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed