Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रधानमन्त्री देउवाले डाके प्रमुख पाँच दलको बैठक : प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने मुख्य एजेण्डा

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न पाँच दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

यससम्बन्धी छलफल गर्न बिहीवार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बैठक बस्ने भएको छ । प्रधानमन्त्री देउवाले बिहीबार बिहान ९ बजे यसका लागि बैठक आह्वान गरेका हुन ।

बैठकमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका नेताहरुसंग छलफल हुनेछ ।

सरकारले यसअघि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकाम हुने खाका पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed