Breaking News.... EverestOnlineKhabar
June 27, 2026

माओवादी केन्द्रको शर्तःपार्टी संगठन बराबर भएकाले एमालेसंग ५०ः५० को अनुपातमा भागबण्डा

Loading

काठमाडौ,पुस ।
माओवादी केन्द्रले एमालेसंगको पार्टी एकताको लागि ५०ः५० को अनुपातमा भागबण्डा हुनुपर्ने प्रस्ताव गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता‘फिप्टी फिप्टी’ का आधारमा हुनुपर्ने भनी आफूले राखेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत नभएको दावी गरेका छन्।
खुमलटारस्थित निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यस्तो दावी गरेका हुन्। उनले पार्टी एकताका विषयमा आशंका नगर्न पनि पार्टीका नेताहरुलाई आश्वस्त पारेका छन्।
ब्रिफिङमा प्रचण्डले उल्लेख गरेको‘फिफ्टी–फिफ्टी’ को प्रसङ्ग एमाले र माओवादी केन्द्रबीच सरकार र पार्टी नेतृत्वका सम्बन्धमा थियो। ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रले पार्टीको नेतृत्व गर्ने वा एमालेले पार्टीको नेतृत्व गरे सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने प्रचण्डको प्रस्ताव थियो। बैठकमा अध्यक्ष दाहालले भनेः‘बल्ल पावर सेयरिङका विषयमा बहस र छलफल चलेको छ, हाम्रो प्रस्ताव नाजायज भनेर ओलीलेजीले भन्नु भएको छैन।’
उनले ओलीको अस्वस्थताका कारण विगत ३ दिनदेखि राजनीतिक विषयमा छलफल हुन नसकेको जानकारी गराएका थिए। दाहालले भनेः‘आजभोलि नै एकता सम्बन्धी कुरा टुङ्गो लाग्नुपथ्र्यो तर ओलीजी बिरामीले गर्दा हुन सकेन।’ ओली र आफूहरुबीच अब कुनै चिसोपन नभएको बताएका उनले वैचारिक प्रश्न चुनावी घोषणापत्रका आधारमा गर्ने र बाँकी महाधिवेशनमा गएर टुंग्याउने विषयमा ओलीसँग सझदारी भइसकेको दावी पनि गरेका थिए। अन्य पार्टी परित्याग गरेर आउने व्यक्तिहरुको व्यवस्थापन र निर्वाचनमा भएको अन्तर्घातका विषयमा छलफल चलेपनि बैठक पार्टी एकताकै विषयमा बढि केन्द्रीत बैठकमा बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ भने अनुपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.