Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौ,पुस ।
काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम बिन्दुमा मापन भएको छ । काठमाडौंसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो । त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम बुधबार पुनः घटेको हो ।
मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिइन् । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो ।
रातभरि कुहिरो नहटे पनि दिउँसो कुहिरो फाट्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed