Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

स्याङ्जा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले कहिल्यै समाधान दिन नसक्ने बताउँदै एमाले अध्यक्ष केपी ओलीलाई उट्पट्याङी नेताको संज्ञा दिएका छन ।

स्याङ्जाको वालिङमा बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले केवल समस्या मात्रै जन्माउन जानेको टिप्पणी गरे ।

समस्या समाधान गर्न कांग्रेसले मात्रै गर्न सक्ने नेता पौडेलले दावी गरे । उनले विश्वमा नै कम्युनिज्मले मानवताको समाधान दिन नसकेर असफल भए जसरी नेपालका कम्युनिष्टहरु पनि समाप्त भएर जाने चेतावनी दिए । कांग्रेस नेता पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई उट्पट्याङवादी भएको टिप्पणी गर्दै भने, ‘‘केपी ओली न माक्र्सवादी हन, न राष्ट्रवादी उनी उट्पट्याङवादी हुन् ।’’

नेता पौडेलले राष्ट्रवादका नाममा ओलीले सरकारमा हुँदा तराई–मधेसका जनतालाई चिढाएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed