Breaking News.... EverestOnlineKhabar
April 30, 2026

हुम्लामा हिमपात भएपछि जनजीवन प्रभावित

Loading

हुम्ला,२५ चैत ।
तीन दिनको लगातार वर्षापछि शुकबवार बिहानबाट हुम्ला सदरमुकाम सिमकोटलगायत माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ । मंगलबारदेखि परेको हावाहुरी सहितको वर्षाले अत्याधिक जाडो बढेपछि शुक्रवार बिहानदेखि हिउँ जम्न थालेको छ । हिमपातका कारण जिल्लाको जनजीवनमा प्रभावित बनेको छ ।
अत्याधिक चिसो र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै पशुको आहारामा समेत समस्या परेको स्थानीयबासिन्दाले बताएका छन् । सदरमुकाम सिमकोट र नाम्खामा बाक्लो हिउँ जमेका कारण मानिसहरुको चहलपहलमा कमी भएको छ । अन्य स्थानमा भारी वर्षा भएकोले सदरमुकाम सिमकोटमा आगमन बन्द भएको छ । जाडोका कारण सदरमुकाम सिमकोटका सरकारी कार्यलयहरुमा प्राय बन्द जस्तै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed