Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रदेश र प्रतिनिधिसधा निर्वाचनः सुरक्षाका लागि सबै स्थानमा पुग्यो सेना

Loading

काठमाडौ,१९ कार्तिक ।
नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवारले आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । सबै उमेदवारलाई निगरानी गर्दै सुरक्षा विश्लेषण गरे पनि आफूमाथि पर्न सक्ने खतरा व्यक्ति आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतता अपनाउन सेनाले आग्रह गरेको हो ।
सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत सेनाको सुझाव छ । सेनाको उच्च स्रोतका अनुसार सुरक्षा खतरामा रहेका उम्मेदवारलाई सेनाले व्यक्तिगत रूपमा नै जानकारी दिँदै आफूले दिएको सुरक्षाबारे अवगत गराएको छ । आफ्नो संयन्त्रबाट जानकारी पाएपछि उम्मेदवारलाई त्यस्तो सन्देश प्रवाह गर्ने गरेको र कतिपय सुरक्षा निकाय आफैंले ह्यान्डल गर्ने गरेको सेनाको भनाइ छ ।
कतिपय नेताहरू सार्वजनिक समारोहमा जाँदा ध्यान दिनुपर्ने र राति अबेरसम्म हिँडा समस्या पर्न सक्ने भन्दै सचेत गराएको सेना सम्बद्ध स्रोतले बतायो । तराईका केही स्थानमा त्यस्तो चुनौती रहेको सेनाले उल्लेख गरेको छ । स्रोतका अनुसार सेनाले सुरक्षा खतरामा रहेका नेतालाई सादा पोसाकमा कार्यकर्ताझै रहेरसमेत सुरक्षा दिइरहेको छ । त्यस्तै उम्मदेवारको सुरक्षामा सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समेत समन्वय गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र बलले पनि आफ्नो तवरबाट नेताहरूलाई सुरक्षा दिइरहेका छन् । कतिपय अवस्थामा त्यो अपुग हुन सक्ने भन्दै सचेत रहन व्यक्तिगत रूपमा जानकारी दिएको सेनाका अधिकारीले बताए ।
पहिलो र दोस्रो घेरामा सुरक्षा दिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समेत सेनाले ‘सुरक्षा थ्रेट’ रहेका नेताको विषयमा विश्लेषण गर्दै यस्तो सचेतता अपनाएको हो । हरेक निर्वाचनको मुखमा निर्वाचनविरोधी केही गतिविधि हुने हुनाले सुरक्षा निकाय मात्र होइन, उम्मेदवार आफैं सचेत रहनुपर्नेमा सबै सुरक्षा निकाय सहमत हुँदै त्यस्तो सुझाव दिइएको हो । सेनाले त्यस्ता सबै स्थानमा आफ्नो सुरक्षाकर्मी खटाइसकेको छ । सुरक्षाको अवस्थाबारे पृतनापतिसहितको छलफलपछि थप सजगता र नयाँ रणनीति तय गर्ने सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.