Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जिन्स पाइन्टमा आएको फेसनप्रति बलिउडकी बोल्ड नायिका बिपाशा बशुको आपत्ती

Loading

एजेन्सी । भारतीय चर्चित बोल्ड नायिका विपाशा बशुले जिन्स पाइन्टमा आएको फेसनप्रति आपत्ती जनाएकी छन । फिटनेश र फेशनमा निकै सजक बिपाशाले फाटेका, च्यातिएका पाइन्टहरुलाई फेसनको रुपमा हेर्न थालिएकोमा आपत्ती जनाएकी हुन ।

सामाजिक संजालमा एक फेसन शोमा एक मोडलले लगाएको जिन्सको पहिरन देखेपछि नायिका विपाशा वासुलाई खुबै रिस उठेछ । उनले आफ्नो इन्स्ट्राग्राममा तस्बिर शेयर गर्दै लेखेकी छिन् कि ‘फेसनमा हामीलाई जिन्सप्रति माया छ । तर, यसलाई यसरि प्रयोग नगर्न म अनुरोध गर्दछु । यो निकै पीडादायिक छ । मलाई न्यूड जिन्स मन परेन ।’

जापानले केही दिन अगाडि मात्र यस्तो जिन्स बजारमा ल्याएको थियो । यो जिन्स बजारमा आएपछि यसलाई लिएर ट्रोल पनि बनिरहेको छ । विपाशाले पनि यो जिन्स आफूलाई मन नपरेको उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed