Breaking News.... EverestOnlineKhabar
April 27, 2026

रंगुनको असफलतापछि शाहिद र सैफले पारिश्रमिक आधा घटाए

रंगुनको लज्जास्पद व्यापार

Loading

‘रंगुन’ को लज्जास्पद व्यापारले बलिउड हल्लियो। यस फिल्मबाट निर्मातालाई ५० करोड घाटा लागेको छ।

यो फिल्मको असफलताबाट सबैभन्दा ठूलो चोट परेको छ, दुई हिरो सैफ अली खार शहिद कपुरलाई। उनीहरुलाई अब बलिउडमा बिकाउ कलाकारका रुपमा लिन छोडिएको छ। उनीहरुले पछिल्लोपटक कहिले हिट फिल्म दिएका थिए भनेर बलिउडका पन्डितहरुले सम्झिन सकिरहेका छैनन्।

दुवै हिरोले रंगुनमा सात-सात करोड पारिश्रमिक लिएका थिए । फिल्म उद्योगका एक सूत्रले भन्यो, ‘सैफ र शाहिद कहिले पनि आफ्नो बलबुतामा फिल्म चलाउन सक्दैनन्। उनीहरुलाई लिएर फिल्म बनाउनु जोखिमपूर्ण छ। रंगुनको असफलतापछि अब कुनै पनि निर्माताले उनीहरुमाथि जोखिम मोल्न चाहँदैन।’

त्यसो त अहिले दुवै हिरोले आफ्नो पारिश्रमिक आधा घटाएको बुझिएको छ। शाहिदले आफ्नो पारिश्रमिक तीनदेखि चार करोडमा झारेका छन् भने सैफ त्योभन्दा पनि तल झरेका छन् ।

सैफ अहिले ‘सेफ’ फिल्ममा काम गरिरहेका छन् भन शाहिद ‘पद्मावती’ मा व्यस्त छन्। यसका अलावा दुवैको हातमा कुनै पनि फिल्म छैन।

त्यसो त रंगुनको असफलताले नायिका कंगना रनौटको पनि बेहाल भएको छ। उनी चर्चामा टिकिरहनका लागि अहिले बढि बढि बोल्न थालेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed