Breaking News.... EverestOnlineKhabar
February 9, 2026

प्रचण्डको चीन भ्रमणमा नयाँ सम्झौता नहुने

Loading

प्रधानमन्त्री प्रचण्डले बिहीबारदेखि गर्न लागेको चीन भ्रमणका क्रममा नयाँ द्विपक्षीय सम्झौता नहुने भएपनि नेपालले तयार पारेका लगानी, व्यापार, दुई देशलाई जोड्ने यातायात सञ्जाल विस्तार लगायतका एजेण्डालाई मूर्तरुप दिइने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन्।प्रधानमन्त्रीको चीन भ्रमणका बेला उनका चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री देश बाहिर हुने भएकाले द्विपक्षीय चासोका विषयमा राष्ट्रपतिसँग छलफल हुने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रीले बताएका छन्।

चीनको हेनान प्रान्तमा हुने बोआओ फोरममा भाग लिन जान लागेका प्रधानमन्त्री प्रचण्ड बेइजिङ जाने कार्यक्रम पनि तय भएको अधिकारीहरुले बताएका छन्।दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोचोटि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षीबीच भने भेटवार्ता नहुने देखिएको छ।

अधिकारीहरुका अनुसार उक्त समयमा चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्री देश बाहिर हुने भएकाले द्विपक्षीय सहमति नहुने भएको हो।”दुई देशको सम्बन्ध, लगानी, व्यापार, यातायात सञ्जाल विस्तारलाई अगाडि बढाउन सक्छौं भनेर आवश्यक गृहकार्य हाम्रो तर्फबाट भैसकेको छ। त्यसले प्राविधिक रुपमा औपचारिकता पाउन केही समय लाग्ला तर यी विषयमा छलफल हुन्छन्,” मन्त्री महतले बताए।

महतका अनुसार चिनियाँ अधिकारीसँग हुने छलफलमा विगतमा भएका व्यापार र पारवहन सम्झौताको कार्यान्वयन तथा इन्धनको भण्डारण, तातापानी-केरुङ सडकको विस्तार, केरुङ-काठमाण्डू रेलमार्ग जस्ता विषय छलफलका प्राथमिकतामा राखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.