Breaking News.... EverestOnlineKhabar
July 27, 2026

तनावग्रस्त कप्तानगन्जमा ब्यारेकबाट निस्कियो सेना, बख्तरबन्द गाडीसहित हतियारधारी टोली परिचालन

Loading

www.everestonlinekhabar.com

एभरेस्ट अनलाइन खबर डटकम

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा कर्फ्यूकै बीच आगजनी र तोडफोड सुरू भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना ब्यारेकबाट निस्किएको छ ।

दुई समुदायबीच आइतबार राति सुरु भएको तनाव चर्किएपछि सोमबार बिहानैदेखि कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । भिडले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन, तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षा स्थिति थप संवेदनशील बनेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोलीले स्थिति सम्हाल्न नसकेपछि सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहितको सेनाको टोली कप्तानगन्ज क्षेत्रमा तैनाथ भइसकेको छ ।

गोली चल्दा १ जनाको मृत्यु, २१ घाइते

आइतबार रातिको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि आक्रोशित भिडले सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा, हरिनगर लगायतका क्षेत्रमा समेत विरोध प्रदर्शन जारी राखेको छ ।

प्रदेशभरिबाट थप सुरक्षाकर्मी झिकाइयो

स्थिति नियन्त्रण बाहिर जान नदिन कोशी प्रदेशका अन्य जिल्लाहरूबाट समेत अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरीमा परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्ज र आसपासको अवस्था थप बिग्रन नदिन प्रदेशभरबाट उच्च सुरक्षा सतर्कता अपनाइँदै थप बल तैनाथ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed