![]()
बिबिसि । अमेरिकाको लास भेगस शहरस्थित एउटा कसिनो रिजोर्टमा गोली हानाहान भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार म्यान्डले बे कसिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो ।
सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरुबीच गोली चल्न थालेपछि भागदौड मच्चिएको थियो । गोली लागेर २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल पु¥याइएको छ ।
समारोहमा सयभन्दा बढी राउण्ड गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसिले जनाएको छ । घटनापछि मानिसहरु होटल, रेष्टुराँ र स्थानीय विमानस्थलमा शरण लिएर बसेका छन ।


