Breaking News.... EverestOnlineKhabar
March 5, 2026

मुम्बईमा ‘मेस्सी’ क्रेज: वानखेडेमा सचिन र सुनिल क्षेत्रीसँग भेट, ‘इन्डियन स्टार्स’ र ‘मित्रा स्टार्स’ बीच मैत्रीपूर्ण खेल

Loading

विश्व फुटबलका जादुगर लियोनेल मेस्सी आफ्नो ‘ टुर २०२५’ GOAT इन्डियाको क्रममा मुम्बई पुगेका छन्। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजित एक विशेष समारोहमा मेस्सीले भारतीय खेलकुदका दुई दिग्गज– क्रिकेटका ‘भगवान्’ मानिने सचिन तेन्दुलकर र भारतीय फुटबलका आइकन सुनिल क्षेत्रीसँग भेटघाट गरेका छन्।

मेस्सी मैदानमा प्रवेश गर्नासाथ हजारौँको संख्यामा उपस्थित दर्शकहरूले ‘मेस्सी, मेस्सी’ भन्दै नारा लगाएका थिए, जसले वानखेडे स्टेडियमको माहोल निकै उत्साहपूर्ण बनाएको थियो।

सांगीतिक र खेलमय साँझ
कार्यक्रमको सुरुवातमा चर्चित भारतीय डीजे चेतसले बलिउड र अन्तर्राष्ट्रिय हिट गीतहरूको समिश्रण प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएका थिए। संगीतको रौनक लगत्तै मैदानमा ‘इन्डियन स्टार्स’ र ‘मित्रा स्टार्स’ बीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो।

खेलमा सहभागी टोलीहरू:

इन्डियन स्टार्स, यस टोलीको नेतृत्वमा बलिउड स्टार टाइगर श्रफ, चर्चित फुटबल खेलाडी निखिल पुजारी र महिला फुटबलर बाला देवी सहभागी थिए।

मित्रा स्टार्स, यस टोलीमा भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान सुनिल क्षेत्रीसहित बेङ्गलुरु एफसीका खेलाडीहरू राहुल भेके र यश सामेल थिए।

ऐतिहासिक भेटघाट
आफ्नो इन्डिया टुरका क्रममा मेस्सीले सचिन तेन्दुलकर र सुनिल क्षेत्रीसँग एउटै मञ्च साझा गर्नुलाई भारतीय खेलकुद जगतमा एक ऐतिहासिक क्षणको रूपमा हेरिएको छ। मेस्सीको यो भ्रमणले भारतमा फुटबलको लोकप्रियतालाई थप उचाइमा पुऱ्याउने विश्वास गरिएको छ।

कार्यक्रममा मेस्सीले भारतीय फ्यानहरूको माया र न्यानो स्वागतका लागि आभार समेत व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.