![]()
काठमाण्डाैँ ,२२ पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत तेस्रो दिन आज दुई खेल हुँदैछ । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ ।
खपछिल्लो खेलमा विजयी मधेश त्यही लय कायम राख्ने लक्ष्यमा छ । अर्कोतर्फ ललितपुर क्विन्ससँग आफ्नो पहिलो खेलमा पराजित भएको काठमाडौं स्पाइकर्स भने पहिलो जितको खोजीमा छ ।
यस्तै कप्तान अरुणा शाही तेस्रो सेटमा घाइते हुँदै कोर्ट छाड्नुपर्दा त्यसको पनि असर पर्यो । निधारमा चोट लागेको अरुणाले आजको खेल खेल्ने छैनन् ।
यस्तै घरेलु टोली पोखराले लगातार दुई खेल हारिसकेकोले पनि आजको खेल जित्नैपर्ने अवस्थामा छ । पहिलो खेलमा कर्णालीसँग पराजित भएको मधेश दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो ।


