![]()
२०७७ पुस २५, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल सहित ९ जना नेपाली खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिग पीएसएलले सार्वजनिक गरेको सूची अनुसार पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्रसहितका खेलाडी विदेशीको सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा पर्ने अन्य खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी,करण केसी, कुशल मल्ल र पवन सर्राफ रहेका छन् । यसैगरी सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् । यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ । यस अघि नेपालका सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परिसकेका छन् । पीएसएलको ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ ।


