Breaking News.... EverestOnlineKhabar
December 13, 2025

युद्ध अपराधको आरोपमा श्रीलंकाका उच्च सैन्य अधिकारी पक्राउ

Loading

बीबीसी । श्रीलंकाका उच्च सैन्य अधिकारीलाई युद्ध अपराधको मुद्धामा नियन्त्रणमा लिईएको छ । रक्षा विभागका प्रमुख रविन्द्र विजेगुरुरत्नेले ११ युवाको हत्यामा संलग्नलाई बचाएको आरोप पक्राउ गर्न अदालतले आदेश जारी गरेको हो ।

श्रीलंकाले जल सेनाका गुप्तचरका कर्मचारीबाट मारिएका ति ११ युवाको शव अझै भेटिएको छैन । सन् २००८ मा तामिल टाईगर्स सशस्त्र समुहको संघर्षका क्रममा सो हत्या भएको बीबीसीले उदृत गरेको छ । आगामि डिसेम्बर ५ मा रक्षा विभाग प्रमुख विजेगुरुरत्नेको मुद्धाको सुनुवाई हुनेछ । तमिल विद्रोहीको संघर्षका क्रममा हजारौंो मृत्यु भएको थियो ।

सरकार पक्षबाट नेतृत्वको हत्या गर्दै सकिएको तमिल संघर्षका क्रममा दुवै पक्षबाट कयौँ क्रुर घटना भएको आरोप लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.