Breaking News.... EverestOnlineKhabar
May 1, 2026

गोंगबुबाट हराएका ८ बर्षीय बालक प्रयासको हत्या, झोलामा भेटियो शव

Loading

काठमाडौँ । काठमाडौँमा फेरि एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षिय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीपका छोरा हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहको टोलीले बालकको शव म्हेपीको पुलमुनि फेला पारको हो । प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन् । उनी गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो । बिहीबार उनको शव झोलामा पोको पारेको अवस्थामा भेटिएको हो ।

घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान जारी रहेको एसएसपी सिंहले बताए । चालक सार्कीको बयानकै आधारमा शव बरामत गरेको प्रहरीले जनाएको छ। चालक सार्कीले अपहरण गरेकै दिन बालकको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।

प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि केही महिना पहिले काठमाडौँ पेप्सीकोलामा एक बालकको अपहरणपछि हत्या भएको थियो । हत्यमा संलग नदुई जनालाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed