Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ६ दिने दिल्ली भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। भारत प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्तरुपमा कुराकानीमा दाहालले दिल्ली भ्रमण राष्ट्रिय हित र विकासमा केन्द्रित हुने जवाफ दिए।

खासगरी विभिन्न आयोजना मार्फत नेपालको विकासका लागि भारतले गरेका सन्धि, समझदारी र सम्झौता कार्यान्वयनमा आफ्नो दिल्ली यात्राले जोड दिने दाहालको भनाइ छ।

दाहालको दिल्ली यात्राको उद्देश्य आर्थिक नाकाबन्दीपछि चीनसँग नजिकिएका प्रधानमन्त्री केपी ओली फेरि भारतसँग निकट हुन पुगेकाले पार्टी एकताको समझदारी अनुसार ओलीको उत्तराधिकारी बन्ने आफ्नो सम्भावनामा भारत तगारो नबनोस् भन्ने रहेको बुझिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत नेतासँग छलफल गरी आफू भारतको भरपर्दो मित्र भएको र त्यस्तै विश्वास दिल्लीबाट पनि आर्जन गर्ने प्रयासमा पार्टी भित्रकै नेताहरुले बताउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed