Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । दिशा पाटनीलाई भारतीय चलचित्रकी उदाउँदो कलाकारको रूपमा लिइन्छ। उनले अभिनय गरेको चलचित्र बागी-२ ले बक्स अफिसमा राम्रो छाप छोड्न सक्यो। उनी अहिले सलमान खानको साथमा ‘भारत’ चलचित्रमा अनुबन्धित छन् भने रितिक रोशन र टाइगर श्रापका साथमा नयाँ फिल्ममा पनि अनुबन्धित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर उनले रितिक र टाइगरसँग गर्न लागेको नयाँ फिल्मबाट हात झिकेको बताइएको छ। यसको कारण रितिक रहेको पनि बताइएको छ।

रितिकका कारण दिशाले यशराज फिल्म्सको ब्यानरमा बन्न लागेको नयाँलाई त्याग्नु परेको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार रितिकले दिशासँग फ्लर्ट गर्ने कोशिस गरेका थिए। उनले दिशाकी एक साथीलाई सन्देश पठाउँदै दिशालाई डेटमा लैजान चाहेको बताएका थिए। ती साथीले दिशालाई उक्त सन्देशका बारेमा बताएपछि दिशाले उक्त फिल्म नै छोड्ने निर्णय गरेकी हुन्।

यसै कारण पछिल्लो सयम रितिक र टाइगरबीच पनि सम्बन्ध चिसिएको छ। अहिले टाइगर र दिशा प्रेम सम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। रितिकले नायिकालाई फ्लर्ट गरेको यो पहिलो पटक भने होइन्। यसअघि कंगना रनौट र रितिकको विवाद धेरै समयसम्म समाचारको विषय बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.